काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाकी कार्यबहाक प्रमुख सुनिता डंगोलले प्रधानमन्त्री हुनुअघि महानगरपालिकाको प्रमुख रहेका बालेन शाहको गल्ती सच्याउनु भएको छ ।
प्रधानमन्त्री बालेन शाहको पालामा अमानवीयतताको शहरको रुपमा परिभाषित भएपछि सुनिताले त्यो दाग मेटन आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम मार्फत नै ‘मानवीयताको सहर’ बनाउने संकल्प गरेर गल्ती सच्याउनु भएको हो ।
आज सार्वजनिक आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले महानगरलाई सहृदयी, समावेशी ‘मानवीयताको सहर’को रूपमा विकास गर्ने संकल्प अघि सारेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त संकल्प गर्नुभएको हो । नीति तथा कार्यक्रमले सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई प्राथमिकता दिएको छ ।
महानगरले ‘मानवीयताको सहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देश कार्यान्वयनका लागि महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीको हित रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै काठमाडौं महानगरमा विपन्न तथा असहायलाई निस्शुल्क उपचारको घोषणा गरिएको छ ।
काठमाडौं महानगरपालिकाले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धति प्रवर्द्धन गर्ने भएको छ । ‘निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारीचाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
महानगरवासीको मिर्गौला रोगको उपचारका लागि डायलासिस सेवा सहजीकरण गर्ने घोषणा गरिएको छ । मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने समेत घोषणा गरिएको छ । सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवा व्यवस्थापन गरिने भएको छ ।

महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने छ । साथै, विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निस्शुल्क उपचार गर्ने व्यवस्था कडाइसाथ लागु गरिने समेत उल्लेख छ ।
महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय समेत महानगरपालिकाको प्राथमिकतामा परेको छ ।













प्रतिक्रिया दिनुहोस्