काठमाडौं, असार ४। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले अनलाइन तथा सामाजिक सञ्जालमा हुने आपत्तिजनक अभिव्यक्तिमाथि नियमन र कारबाहीको व्यवस्था कडा बनाउन सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि गृह मन्त्रालयको विनियोजनसम्बन्धी छलफलका क्रममा उहाँले गृहमन्त्री सुधन गुरुङ सँग प्रष्टीकरण माग गर्दै सामाजिक सञ्जालमा जथाभाबी बोल्ने प्रवृत्तिमाथि सरकारले के कारबाही गर्छ भन्ने प्रश्न उठाउनुभएको हो।
सांसद साम्पाङले अनलाइन प्लेटफर्ममा हुने अभद्र टिप्पणी, गालीगलौज र असंयमित अभिव्यक्तिलाई नियन्त्रण गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो।
उहाँले “अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?” भन्दै सरकारको नीति र कार्यान्वयनबारे प्रश्न गर्नुभएको थियो।
आजको संसद बैठकमा ९ मन्त्रालयसहित १३ निकायको विनियोजनमाथि छलफल भई विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ।













प्रतिक्रिया दिनुहोस्