काठमाडौं, असार ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्नुभउको छ । शुक्रबारबाट पार्टी कार्यालय धुम्बाराहीमा सुरु बैठकमा थापाका निम्ति छुट्ट्याइएको सिट खाली देखिएपछि थापाले बहिष्कार गर्नुभएको तथ्य उजागर भएको हो ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति थापाले असन्तुष्टि जनाउँदै आउनु भएको छ । पार्टी एकता भएको महिनौँ बितिसक्दा पनि समायोजनका विषयमा नेतृत्वले ध्यान नदिएको थापाको आरोप छ । थापाले निर्वाचन आयोगमा पार्टी एकीकरणको पत्र पठाउन नेतृत्वले आलटाल गरेको भन्दै तीब्र असन्तुष्टि जनाउँदै आउनु भएको छ ।
राप्रपा महामन्त्री शरदराज पाठकले व्यक्तिगत असन्तुष्टिका कारण थापा बैठकमा सहभागी नभएको हुन सक्ने बताउनु भयो । बैठकमा एकताक्रममा थापासँगै राप्रपामा समाहित भएका नेताहरू भने सहभागी भएका छन ।













प्रतिक्रिया दिनुहोस्