काठमाडौं, असार ६ । अमेरिकाले फिफा विश्वकप–२०२६ अन्तर्गत अष्ट्रेलियाविरुद्ध दुई गोलको जीत निकालेको छ ।
सिएटल स्टेडियममा भएको खेलमा झमेरिकाले अष्ट्रेलियालाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकालेको हो ।
खेलमा पहिलो हाफमा अमेरिकाले दुई गोलको अग्रता लिएको हो । आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल गरे ।
एलेक्सले ४३औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका हुन् ।
त्यसअघि अष्ट्रेलियाका क्यामरुन बर्गेसले ११औं मिनेटमा क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकाले पहिलो अग्रता लिएको थियो ।
यस्तै अमेरिकाका तर्फबाट एलेक्स फ्रिम्यानले पहिलो हाफको ४३ औं मिनेटमा दोस्रो गोल गरेका छन् । दोस्रो हाफमा दुवैतर्फबाट गोल भएन र अमेरिकाले २-० गोल अन्तरले खेल जित्यो।
















प्रतिक्रिया दिनुहोस्