जनता टाइम्स

६ असार २०८३, शनिबार ०९:१२

एमालेका प्रदीप ज्ञवाली रास्वपा महाधिवेशनमा सहभागी हुने


काठमाडौं, असार ६ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने भएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनका अवसरमा एमालेका तर्फबाट शुभकामना दिन ज्ञवालीलाई पठाउने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशन चितवनको भरतपुरमा भइरहेको छ, जहाँ विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ।