काठमाडौं, असार ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको तस्वीरको बिषयलाई लिएर तनाव निम्तिएको छ । राष्ट्रपति ट्रम्पले मेलोनीबारे विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि अमेरिका र इटालीबीच नयाँ कूटनीतिक तनाव उत्पन्न भएको हो।
राष्ट्रपति ट्रम्पको अभिब्यतिलगत्तै इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले अमेरिकाको तय भएको भ्रमण रद्द गर्नुभएको छ । सीएनएनका अनुसार, ताजानीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिका भ्रमण ट्रम्पको टिप्पणीको विरोधस्वरूप भ्रमण नै रद्द गर्नुभएको छ । उहाँले ट्रम्पको अभिव्यक्तिलाई ‘अपमानजनक’ भन्नुभएको छ । यस्तै इटालीकी प्रधानमन्त्री मेलोनीले ती आरोपलाई ‘पूर्ण रूपमा मनगढन्ते’ बताउनु भएको छ ।
यस प्रकरणले कुनै समय घनिष्ठ मानिएका ट्रम्प र मेलोनीबीचको सम्बन्धमा थप दरार ल्याएको छ। फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि अमेरिका र उसका युरोपेली साझेदारबीच सम्बन्ध सुधार हुने संकेत देखिए पनि पछिल्लो घटनाले फेरि तनाव बढाएको छ।
इटालीको टेलिभिजन च्यानल ला–७ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले जी–७ सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न ‘बिन्ती’ गरेको भन्दै बिवादास्पद अभिब्यक्ति दिनुभएको थियो । अन्तर्वार्तामा ट्रम्पले भन्नुभएको थियो, ‘उन (मेलोनी) ले मसँग फोटो खिच्न निकै अनुरोध गरिन्। उनलाई मसँग फोटो चाहिएको थियो। म त फोटो खिच्ने पक्षमा थिइनँ, तर मलाई उनको दया लाग्यो र मैले स्वीकार गरेँ।’ यो अभिव्यक्ति इटालियन भाषामा अनुवाद गरेर उक्त टेलिभिजनले सार्वजनिक गरेको थियो। सो घटनापछि दुई देशबीच कुटनीतिक तनाव बढेको हो ।
मनगढन्ते आरोप भन्दै मेलोनीको कडा प्रतिवाद
राष्ट्रपति ट्रम्पको टिप्पणी सार्वजनिक भएपछि प्रधानमन्त्री मेलोनीले शुक्रबार सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै तत्काल प्रतिक्रिया दिई कडा मनगढन्ते भन्दै कडा प्रतिवाद गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा मनगढन्ते छन्। म साँच्चै स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्नै सहयोगी राष्ट्रहरूप्रति किन यस्तो व्यवहार गर्छन भन्ने मलाई थाहा छैन। र, यो पहिलो पटक पनि होइन।’
भिडियो सन्देशमा इटालीका प्रधानमन्त्री मेलोनीले थप भन्न्ुभएको छ, ‘पश्चिमा विश्वका शत्रुहरू र अमेरिकाका विरोधी नेतृत्वहरूप्रति जति कठोरता देखाउनुपर्ने हो, त्यसमा उहाँले त्यति दृढता देखाउनुहुन्न। बरु उनीहरूप्रति बढी नरम देखिनु दुःखद विषय हो।’ अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले पछिल्लो घटनाले ट्रम्प प्रशासन र युरोपेली सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा फेरि नयाँ असहजता थपिएको विश्लेषण गरेका छन भने ट्रम्पप्रतिको आक्रोश पनि बढेर गएको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्