जनता टाइम्स

८ असार २०८३, सोमबार १९:००

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो


काठमाडौं,  असोज  ८ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका पौडेललाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ । पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ पर्नुभएको हो।

उहाँलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो ।सोही आधारमा सुर्खेत प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।