जनता टाइम्स

९ असार २०८३, मंगलवार ०९:२१

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ


काठमाडौं,  असार ९ । भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोटमा गएराति सामान्य विवादका क्रममा झैझगडा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ । महोत्तरीको मिथिला नगरपालिका–९ घर भई अहिले नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीको हत्या भएको हो ।

घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाघारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाघारी बस्ने दोर्जे शेर्पा र गुल्मी घर भई अहिले सल्लाघारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।