जनता टाइम्स

१० असार २०८३, बुधबार ००:५६

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको सानदार जित, उज्वेकिस्तान ५-० ले पराजीत 


क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको सानदार जित निकालेको छ । पोर्चुगलले आजको खेलमा उज्वेकिस्तानलाई ५-० ले पराजीत गरेको हो 

काठमाडौं, असार १० । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको हो ।

पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १-१ गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

समुह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार दोस्रो हारपछि उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।