जनता टाइम्स

११ असार २०८३, बिहीबार १७:३८

रास्वपाको महाधिवेशनमा पदाधिकारी निर्वाचन पनि रातमै तोकियो, के होला योजना ? तालिकासहित)


चितवन, असार ११ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि पनि राती नै निर्वाचन तोकिएको छ । बिहीबार राति ९ः१५ बजेदेखि मतदान सुरु हुने भन्दै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

केन्द्रीय सदस्यको निर्वाचन मध्यराती सुरु गरेर बिद्युतीय मेसिनमै सेटिङको आरोप लागेको रास्वपामा पदाधिकारीको पनि राती नै निर्वाचन तोकिएको हो । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेको छ ।

कार्यतालिकाअनुसार बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ । त्यस्तै ७स्३० बजे उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ ।त्यस्तै ८ः४५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने ८:४५ देखि ९:१५ सम्म मौन अवधि रहनेछ । त्यस्तै ९:१५ देखि १२:१५ सम्म मतदान हुने र शुक्रबार बिहान १:३० बजे परिणाम घोषणा हुने जनाइएको छ ।

यस्तो छ कार्यतालिका