काठमाडौं, असार १५ । गृहमन्त्री सुधन गुरुङको सचिवालय टिमको ‘सदस्य हुँ’ भन्दै प्रहरीका युनिटहरूमा अनावश्यक पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोटेश्वरको खरिबोट बस्दै आएका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ का ३० वर्षीय आदित्य सिंह छन् । आइतबार कोटेश्वर क्षेत्रबाट सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।
सिंहले आफूलाई गृहमन्त्री सुधन गुरुङको सचिवालयको टिमको सदस्य हुँ भनेर परिचय दिने गरेका थिए । उच्च प्रहरी अधिकृतलाई समेत उनले सचिवालय सदस्यको हैसियतमा फोन गर्ने गरेको प्रमाण भेटिएको प्रहरीको भनाई छ ।
काठमाडौं र ललितपुरका प्रहरी युनिटहरूमा उनले प्रहरीलाई अनावश्यक दबाब दिएर ‘बिचौलिया’को भूमिका खेल्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । सिंहलाई भद्रकाली स्थित काठमाडौँ परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्