जनता टाइम्स

१६ असार २०८३, मंगलवार १०:११

विश्वकपबाट बाहिरियो नेदरल्याण्ड्स, मोरोक्को प्रि-क्वार्टरफाइनलमा प्रवेश


काठमाडौं, असार १६ । नेदरल्याण्ड्स विश्वकपबाट बाहिरिएको छ । मोरोक्कोसँग पेनाल्टीमा सुटआउटमा पराजित भएसँगै नेदरल्याण्ड्स बिश्वपकबाट बाहिरिएको हो ।

नेदरल्याण्ड्स पेनाल्टीमा ३-२ ले पराजित भयो । नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टन टिम्सर र क्राइसेन्सको समरभिल पेनाल्टीमा गोल गर्न चुकेका थिए ।निर्धारित ९० मिनेटको समयमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेदरल्याण्ड्सका कोडी गाक्पोले ७१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

मोरोक्कोका इस्सा डियोपले ९० औँ मिनेटमा गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्याए । अतिरिक ३० मिनेटको समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल टाइबेकरमा प्रवेश गरेको थियो ।

उक्त मौकामा मोरोक्कोले नेदरल्याण्ड्सलाई स्तब्ध पार्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।