काठमाडौं, असार १६ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवनदर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित रहेको बताउनुभएको छ।
रोटरी क्लब अफ भक्तपुरद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले समाजलाई असल मार्गमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो।
उहाँले यी मूल्य र मान्यतालाई व्यवहार, आचरण र कार्यमार्फत मूर्तरूप दिँदै विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित हुनु सबैको साझा दायित्व भएको बताउनुभयो।
राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएको धारणा व्यक्त गर्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले निर्वाह गरेको भूमिका बदलिँदो विश्व परिवेशमा अझ सान्दर्भिक बन्दै गएको उल्लेख गर्नुभयो।
उहाँले समाजसेवा, मानवता र शान्तिको प्रवर्द्धनमा रोटरीको योगदान प्रशंसनीय रहेको बताउँदै सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित अभियानका रूपमा रोटरीले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्