कञ्चनपुर, असार १८ । पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारभण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि बिहीवार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा अदालतले ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो।
डीएसपी रावतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो। प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।
निर्मला पन्तको बलात्कारपछि हत्याको बिषयमा प्रहरीबिरुद्ध जाइलागेर अनुसन्धान नै प्रभावित पारेपछि सामाजिक सञ्जालमा पत्रकार भण्डारी निकै चर्चामा रहनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्