काठमाडौं, असार १८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त अध्यक्ष थापालाई बिहीवार शपथ गराउनु भएको हो । सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराउनु भयो । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
यसैगरी, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगको नवनियुक्त सदस्य प्रा.डा. रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध दुवै जनालाई सरकारले बुधवार मात्र अध्यक्ष र सदस्यमा नियुक्त गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्