जनता टाइम्स

१९ असार २०८३, शुक्रबार ०९:५५

आज देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा चट्याङको पनि सम्भावना


काठमाडौं, असार १९ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका बिभिन्न भागमा भारी बर्षाको संभावना रहेको बताएको छ ।

महाशाखाका अनुसार देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। महाशाखाले तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जाकनारी दिएको हो ।

आज शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपण यस्तो छ :

आज दिउँसो
(देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।

(देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

आज राति

  • देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी र तराई भूभाग केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
  • कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अपराह्नपछि काठमाडौँ उपत्यकामा मध्यसम्म वर्षा हुने सम्भावना देखिएको हो।

‘अहिले बिहान भने काठमाडौँ उपत्यकामा घाम लागेको छ’, उनले नेपालखबरसँग भने, ‘यो अवस्था दिउँसो २र३ बजेसम्म जाला। त्यसपछि मौसम बदली भएर मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।’