काभ्रेपलान्चोक, असार २१ । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको छ ।
उहाँका अनुसार बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति पुगेकोले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको छ ।













प्रतिक्रिया दिनुहोस्