काठमाडौं, असार २२ । एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै आउट भएको हो । ब्राजिलले यो दुःखद इतिहास बनाउनुमा मुख्य प्रशिक्षक प्रमुख दोषीका रुपमा खेलप्रेमीबीच देखिएका छन । यसअघि ब्राजिलसन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो ।
नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २–१ ले नै पराजित गरेको थियो । यस्तै नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल (५)मा अपराजित रहेको छ ।
अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेर जित पक्का बनाएका हुन । उनले ७९औं मिनेटमा पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । यस्तै ९०औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई २–० को अग्रता दिलाए । हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे ।
ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । त्यसअघि ब्राजिलले पहिलो हाफको सुरुमै पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका हुन ।
खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए । न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए । ब्राजिलले नेयमार सुरुमा नखेलाउँदाको परिणाम थियो यो ।
पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने । यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए ।दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । उनले ५९औं मिनेटमा नर्वेका किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने चुकेका थिए । जुन ब्राजिलका लागि महँगो सावित भयो ।
खेलमा नर्वेले ब्राजिलमाथि सुरुवात देखि बल पोसेसन राख्दै दबाब बनाएको थियो । पहिलो हाफमा ब्रुनोले पेनाल्टीमा गोल गर्न चुकेपछि ब्राजिल झन् दबाबमा परेको थियो । खेलमा नर्वेले ६५ प्रतिबल बल पोसेस राख्दा ब्राजिलको केवल ३५ प्रतिशत मात्र थियो । यस्तै नर्वेले ९ सट प्रहार गर्दा ५ सट टार्गेटमा राखेको थियो ।









































प्रतिक्रिया दिनुहोस्