काठमाडौं, असार २२ । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारको पहिलो १०० दिनको कार्यकाल पूर्ण रूपमा असफल रहेको टिप्पणी गर्नुभएको छ।
सोमबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकार जनउत्तरदायित्वबाट पन्छिएको र संसदमा उठेका प्रश्नहरूको सामना गर्नसमेत डराएको आरोप लगाउनुभयो।
सांसद थेबेले सरकारको कार्यशैलीलाई परीक्षा नै बंक गरेको विद्यार्थी’सँग तुलना गर्दै निर्वाचनका बेला गरिएका प्रतिबद्धता, नीति तथा कार्यक्रम र वर्तमान कार्यसम्पादनबीच कुनै तालमेल नरहेको दाबी गर्नुभयो।
उहाँले बजेट निर्माण प्रक्रियामा देखिएका त्रुटि तथा करका दरमा पटक–पटक गरिएको हेरफेरप्रति पनि असन्तुष्टि जनाउनुभयो। विगतमा सामान्य त्रुटिमासमेत छानबिन समिति गठन हुने गरेको स्मरण गराउँदै यसपटक बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै सूचना बाहिरिनु र करका दर सात–सात पटकसम्म परिवर्तन हुँदा पनि सरकारले कुनै जवाफदेहिता नदेखाएको उहाँको आरोप थियो।













प्रतिक्रिया दिनुहोस्