काठमाडौं, असार २४ । सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा बढुवा गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कार्कीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
मुख्यसचिवमा बढुवा हुनुभएका कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्