काठमाडौं, असार २७ । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार शनिबार बिहान आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतको उपचारकै क्रममा आइतबार निधन भएको हो।
घटनालगत्तै प्रहरीले उहाँलाई उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अवस्थामा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्