जनता टाइम्स

३२ असार २०८३, बिहीबार १८:५६

सर्वाेच्चको आदेशसँगै थुनामुक्त भए एमाले नेता लक्ष्‍मी महतो


महोत्तरी, असार ३२ । नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त हुनुभएको छ । सर्वोच्च अदालतले बिहीवार थुनामुक्त गर्न आदेश दिएलगत्तै बिहीवार साँझ जै कोइरी थुनामुक्त हुनुभएको हो ।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएपछि उहाँ जलेश्वर कारागारबाट मुक्त हुनुभएको हो । न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।

असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसला भएको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।

सर्वोच्च अदालतले गत १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै त्यसका आधारमा भएको थुना वैधानिक नरहेको ठहर गरेको छ। सोही आधारमा अदालतले कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।