सिरहा, साउन १६ । देश जलिरहेको र हिंसा भड्किएको बेला संयमता अपनाउनु पर्ने गृहमन्त्री आफैँ जनप्रतिनिधिकै विरुद्ध घृणाजन्य अभिव्यक्ति दिँदै पशुपतिमा छाडेको साँढे जसरी हिँड्न थालेको देखिएको छ ।
शुक्रवार मध्यराती सिरहामा प्रहरीको गोल लागेको ज्यान गुमाएका विद्यार्थी गणेश यादवको निवासमा पुग्नुभएका गृहमन्त्री गुरुङले वडाध्यक्षदेखि अरु जनप्रतिनिधिमाथि बोल्नै नहुने घृणाजन्य अभिब्यक्ति दिनुभएको हो ।
परिवारका सदस्यलाई साान्त्वना दिने क्रममा नै गृहमन्त्री गुरुङले त्यो ‘वडाध्यक्षले भनेको मान्दिन, झुक्दिन..’ भन्दै बोल्नुभएको छ । सुनसरी घटनामा सरकारले तत्कालै पहलकदमी नलिँदा फैलिएको आन्दोलनका क्रममा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर विद्यार्थी गणेशको मृत्यु भएको थियो ।
सो घटनापछि मधेस प्रदेशमै हिंसा बढने देखिएपछि स्थानीय र प्रदेश सरकारसहित नागरिक समाजले हिंसाजन्य अभिव्यक्ति नदिन भन्दै सद्भाव र्याली निकालिरहेका छन् । प्रधानमन्त्री बालेन्दै शाहले समेत फेसबुकवासीको लागि सम्बोधन गर्दै घृणाजन्य अभिब्यक्ति नदिन अपिल गर्नुभएको छ । यसैगरी राजनीतिक दलका नेताहरुले पनि सामाजिक सदभाव पहिलो प्राथमिकता भन्दै धर्मको नाममा सुनसरीको कप्तानगञ्जबाट सल्किएको आगो निभाउन प्रयाश गरेका छन् ।

‘पहिलाको सरकार जस्तो होइन, आफ्नो जनताको अगाडि झुक्न सक्छु तर मलाई कसै वडाध्यक्षले, पार्टीको मान्छेले झुक भन्यो भने म झुक्न सक्दिन,’ गृहमन्त्री गुरुङले भन्नुभएको छ । उहाँको यो भनाईले वडाध्यक्ष र दलमा लागेका नेपाली नागरिक नागरिक होइन भन्ने प्रष्टै सन्देश गएको छ ।














प्रतिक्रिया दिनुहोस्