जनता टाइम्स

१६ श्रावण २०८३, शनिबार १६:५५

डीएसपी र इन्सपेक्टरहरूको सरुवा : बौद्धमा महराले बाजी मार्दा को कहाँ ?


काठमाडौं, साउन १६ । नेपाल प्रहरीले केही प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी हेरफेर गरेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले शुक्रवारको निर्णयअनुसार डिएसपी र इन्सपेक्टरको सरुवा गर्नुभएको हो ।

सरुवाअनुसार काठमाडौँको बौद्ध वृत्तमा डीएसपी मदनजीत महरालाई काजमा खटाइएको छ। बैदाममा सूर्यबहादुर बोगटी र भोजपुरमा ज्ञानबहादुर खड्काले जिम्मेवारी पाउनु भएको छ । यस्तै बौद्धका डीएसपी सन्तोष रोकालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ।

अछाममा पविन्द्र बम, धनुषामा ओम खनाललाई सरुवा गर्दा भोजपुरका डीएसपी मीन कुँवर, डीएसपी राजु लामा र बैदामका नमराज भट्टराई प्रहरी प्रधान कार्यालय सरुवा भएको छ । यस्तै डीएसपी जनक पुरीलाई सीआईबीमा सरुवा गरिएको छ।

यसैगरी इलाका प्रहरी कार्यालय गोलबजारसहित ५ कार्यालयका इन्सपेक्टर पनि हेरफेर गरिएको छ। सिरहा घटनामा गणेश यादवको गोलीलागेर मृत्यू भएलगत्तै गोलबजारका इन्सपेक्टरलाई तानिएको हो ।

प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार कास्की, यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र दिपक खरेल इलाका प्रहरी कार्यालय गोलबजारमा काज सरुवा गरेको छ ।