जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार २१:५६

‘डीप डिप्रेसन’को प्रभावले भोलिदेखि वर्षा गतिविधि बढ्न सक्ने


काठमाडौं, असोज ६ । नेपाल मौसम विज्ञान विभाग (MFD-NMD) ले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्र (Deep Depression) को प्रभावले नेपालमा भोलिदेखि वर्षा हुने गतिविधि बढ्न सक्ने जनाएको छ।

विभागका अनुसार उक्त मौसम प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने भएकाले मौसमको अवस्थाबारे नियमित निगरानी भइरहेको छ। प्रणालीको प्रभाव र सम्भावित मौसम परिवर्तनबारे विभागले आवश्यक जानकारी नियमित रूपमा सार्वजनिक गर्ने जनाएको छ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले नेपाल मौसम विज्ञान विभागमा पुगेर उक्त मौसम प्रणालीले नेपालमा पार्न सक्ने प्रभावबारे जानकारी लिनुभएको थियो। विभागका अधिकारीहरूले मन्त्रीद्वयलाई मौसम प्रणालीको अवस्था तथा सम्भावित प्रभावबारे ब्रिफिङ गर्नुभएको थियो।