जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १०:३७

सर्वोच्च अदालतमा आज फेरि आगलागी, तीन वटा फाँटमा पुग्याे ठूलाे क्षति


काठमाडौं, भदाै ३१ । सर्वोच्च अदालतको नयाँ भवनमा आज फेरि आगो लागेको छ ।

आगलागीबाट कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको अदालत स्राेतले बताएकाे छ । अदालतका अनुसार आजको आगो पनि बिजुली सर्टका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि भदौ १७ गते राति पनि अभिलेख शाखामा आगलागी भएको थियो । आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ बताइएको थियो ।

अघिल्लो वर्ष भदौ २४ गतेको जेन जी विध्वंशमा आगजनीपछि सर्वोच्च अदालतले आफ्ना कामकारबाही एनेक्स भवनबाट गर्दै आएको छ । निर्माणाधिन भवनको एउटा भागमा इजलास र प्रशासन पनि सरेको छ ।

पछिल्लाे समय सर्वाेच्चमा पटक-पटक बिजुली सर्ट हुने र आगलागी भएर महत्त्वपूर्ण फाइल जल्ने क्रम बढेकाे छ ।