काठमाडौं, साउन १६ । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले चुम्नुभएको छ । द प्लाजा पुल्चोक ललितपुरमा शनिवार आयोजित ग्राण्ड फिनालेमा ढकाल मिस नेपाल वर्ल्ड घोषित हुनुभएको हो ।
द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको इभेन्टमा मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित हुनुभयो । ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुनुहुन्छ । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उहाँ इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत हुनुहुन्छ।
ढकाल ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविकाको पहिचान पनि बनाउन सफल हुनुभएको छ । उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए्) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बन्नुभएको थियो ।
ढकाल नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुनुहुन्छ । ढकालकी आमाले पनि सन् १९९४ मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागता जनाउनु भएको थियो । मिस नेपाल २०२६ को उपाधी जित्न सफल दिपमाला ढकालकी आमा रोशनी खरेलले १९९४ मा सुरु भएको मिस नेपालको पहिलो प्रतियोगितामा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
१७ नम्बरमै मिस नेपालमा प्रतिस्पर्धा गर्नुभए पनि सफल हुन नसक्नु भएकी रोशनीकी छोरी दिपमालाले सोही नम्बरमा प्रतिस्पर्धा गरेर आमाको समेत अधुरो सपना पूरा गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्