जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार २०:०२

इनम सापकोटाको मोबाइल नियन्त्रणमा लिएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनविरुद्ध प्रदर्शन


काठमाडौं, मंसिर ४। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र साह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नियन्त्रणमा लिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

जेनजी युवाहरूको अगुवाइमा शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले नियन्त्रणमा राखेको आरोप लगाउँदै प्रदर्शनकारीले त्यसको विरोध गरेका हुन् । उनीहरूले बेनलाई लक्षित गरी लेखिएका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

हिरासतमा रहेकाे विवादित व्यक्तिको मोबाइल अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित अनुसन्धान निकायले नियन्त्रणमा लिनुपर्नेमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै नियन्त्रणमा लिएको भन्दै बेनको भूमिकामाथि प्रश्न उठाइएको छ ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र मोबाइल नियन्त्रणमा लिइएको विषयमा सम्बन्धित पक्षले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।