काठमाडौं, मंसिर ३ । आसन्न स्थानीय तह निर्वाचनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगमा बैठक सुरु भएको छ ।
शुक्रबार मध्याह्नदेखि सुरु भएको बैठकमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन आयोग पुग्नुभएको थियो । तर, बैठक सुरु भएलगत्तै उहाँ बैठकस्थलबाट बाहिरिनुभएको छ ।
ओली बैठकस्थलबाट बाहिरिए पनि एमालेका तर्फबाट नेता देवेन्द्र दाहाल बैठकमा सहभागी हुनुहुन्छ । अन्य शीर्ष नेता बराबरको आफ्नाे दलकाे नेता बैठकमा सहभागि रहेको भन्दै ओली आयोगबाट बाहिरिनु भएकाे हाे। एमालेबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी हुनुहुन्छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति निर्धारण, निर्वाचनको तयारी तथा व्यवस्थापनलगायत विषयमा छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई बैठकमा आमन्त्रण गरेको हो ।
बैठकमा निर्वाचनको समग्र तयारी, आवश्यक व्यवस्थापन तथा निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा छलफल भइरहेको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्