काठमाडौं, मंसिर ४। नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना हुँदैछ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। भेलामा स्थानीय तहको विकास, सेवा प्रवाह तथा जनप्रतिनिधिहरूले भोगिरहेका समस्या र चुनौतीका विषयमा अन्तरसंवाद हुने छ ।













प्रतिक्रिया दिनुहोस्