जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार ०७:४१

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे आज परराष्ट्र मन्त्रालयमा प्रेस ब्रिफिङ


काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्दैछ ।

मन्त्रालयले आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रेस ब्रिफिङमा प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा, भ्रमणका क्रममा प्रस्तुत गरिने नेपालको राष्ट्रिय धारणा तथा भ्रमणमा सहभागी हुने टोलीबारे जानकारी गराइनेछ ।

प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।