काठमाडौं, मंसिर ४ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई, उपत्यका र खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ ।
आज दिउँसो र राति कोशी तथा मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, शनिबार देशभर आंशिक बदली हुने पूर्वानुमान छ । कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मधेस प्रदेशका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्