काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । एकैदिन सुनको मूल्य प्रतिऔंस १४५ अमेरिकी डलरभन्दा बढीले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारको तथ्यांकअनुसार नोभेम्बर १८ मा प्रतिऔंस ३ हजार ७३८ डलर १ सेन्टमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर ३ हजार ५९२ डलर ४६ सेन्टमा झरेको हो । यो अघिल्लो दिनको तुलनामा १४५ डलर ५५ सेन्ट अर्थात् ३ दशमलव ८९ प्रतिशतको गिरावट हो ।
यस्तै, चाँदीको मूल्य पनि एकैदिन ६ दशमलव ४ प्रतिशतले घटेको छ । बिहीबार चाँदी प्रतिऔंस ४२ डलर ४५ सेन्टमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य २ डलर ७३ सेन्टले घटेको हो ।
पछिल्लो ३० दिनमा सुनको मूल्य ९ दशमलव ५५ प्रतिशत र चाँदीको मूल्य २१ दशमलव ५५ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । त्यस्तै, पछिल्लो ६ महिनामा सुन १७ दशमलव ५३ प्रतिशत र चाँदी ४० दशमलव ३९ प्रतिशतले ओरालो लागेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि पर्ने अनुमान गरिएको छ । यससँगै शुक्रबार नेपालमा सुनचाँदीको मूल्य घट्न सक्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्