जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार ११:३६

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँले घट्यो


काठमाडौं, मंसिर ४ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। महासंघका अनुसार बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य एकैदिन प्रतितोला २२५ रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ तोकिएको छ।

सुनचाँदीको मूल्यमा आएको यो ठूलो गिरावटले नेपाली बजारमा उपभोक्ता तथा व्यवसायीको चासो बढाएको छ। अन्तराष्ट्रिय बजारामा आएकाे गिरावटकाे कारण सुनकाे भाउ घटेकाे हाे ।