जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०८:१४

नेपाल प्रहरीका ६० जना एसपीको एकैपटक सरुवा


काठमाडौँ, मङ्सिर ९ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णयअनुसार ६० जना एसपीको सरुवा गरेको हो ।

विभागका अनुसार सरुवा भएका सबै प्रहरी उपरीक्षकले मङ्सिर महिनादेखिको तलब तथा भत्ता सरुवा भएकै कार्यालयबाट पाउनेछन् ।

सोहीअनुसार अभिलेख मिलाउन विभागले राष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।