जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १७:५०

पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर्न माग गर्दै महासङ्घको धर्ना


काठमाडौँ, मङ्सिर ९ । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा धर्ना दिएको छ।

‘पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले बुधबार बिहान धर्ना कार्यक्रम आयोजना गरेको हो।

महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको जनाएको छ।