काठमाडौँ, मङ्सिर ९ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
इजलासले मुद्दाको अन्तिम सुनुवाइका क्रममा नै यस विषयमा निर्णय हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्कालका लागि यथावत् रहने भएको छ।













प्रतिक्रिया दिनुहोस्