जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०८:४६

दशौँ राष्ट्रिय खेलकुदमा आज आठ विधामा प्रतिस्पर्धा हुँदै


सुर्खेत, मङ्सिर १० । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत आज बिहीबार आठ विधाका खेलमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल सञ्चालन हुनेछन् ।

तालिकाअनुसार महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सुरु हुनेछ । पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि नै सञ्चालन हुनेछ ।

पुरुष फुटबलको प्रतिस्पर्धा सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो २ः३० बजे हुनेछ । महिला बास्केटबलका खेल पनि वीरेन्द्रनगर रंगशालामा हुनेछन् ।

त्यस्तै, पौडी प्रतियोगिता बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ भने टेनिसका खेल बर्दियामा हुनेछन् ।

सुर्खेतस्थित मुख्य कभर्डहलमा मध्याह्न १२ बजेदेखि बक्सिङ प्रतियोगिता सुरु हुनेछ । जिम्न्यास्टिकका प्रतिस्पर्धा भने सुर्खेतको मिनी कभर्डहलमा सञ्चालन हुनेछन् ।

दशौँ राष्ट्रिय खेलकुदका विभिन्न विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशका साथै अन्य जिल्लामा समेत जारी छन् ।