जनता टाइम्स

२३ पुष २०७६, बुधबार १२:१०

इरान विमान दुर्घटना अपडेट : १७६ यात्रुको मृत्यु


तेहरान, पुष २३

इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमान दुर्घटना हुँदा १७६ यात्रुको मृत्यु भएको सीएनएनले जनाएको छ । स्थानीय प्रेस टीभीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार इमाम खमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्नै लाग्दा दुर्घटनामा परेको थियो ।

त्यसमा १६७ जना यात्रु र ९ जना विमान चालक र सहचालक थिए । इरानका स्थानीय मिडियाले १८० जना यात्रु रहेको बताए पनि अहिलेसम्म १७६ जना रहेको पुष्टि भएको समाचारमा जनाइएको छ । विमान आज बिहान उड्नासाथ दुर्घटनामा परेको थियो । उक्तः विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको बीबीसीले जनाएको छ ।

विमान युक्रेनको राजधानीतर्फ जान लागेको थियो । दुर्घटना अहिले इरान र अमेरिकाबीचको तनावसँग सम्बन्धित हो वा होइन भन्नेबारेमा अहिलेसम्म केही बताइएको छैन । रोयटर्सका अनुसार विमानमा आगो लागेको छ ।