काठमाडौं, माघ ९
सरकारले साझा यातायातलाई दिएको तीन अर्व रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । साझालाई विजुली बस किन्नका लागि सो रकम निकासा गरेपनि लामो समयसम्म बस किन्न नसकेपछि रकम फिर्ता लिने निर्णय गरेको हो ।
तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउनु भयो । मन्त्रीपरिषद्को निर्णय सो रकम फिर्ता लिदै अब सरकार आफैले बस सञ्चालन गर्ने भएको छ ।
२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत लगानी गर्ने निर्णय गरेको थियो । ‘साझा यातायातलाई ३०० सयवटा नयाँ विद्युतीय बस चलाउन २०७६ असारको मन्त्रिपरिषद्को निर्णयानुसार दिइएको ३ अर्ब रुपैयाँ अहिलेसम्मको व्याजसहित फिर्ता लिने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘उक्त संस्थाले ती बसहरु सञ्चालन गर्न नसकेको हुँदा यस्तो निर्णय लिइएको हो ।’
उहाका अनुसार विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाउने जिम्मा अब भौति पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ । ‘वातावराण मैत्री नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तीन अर्ब रुपैयाँ दिने निर्णय भएको छ’, बास्कोटाले भन्नुभयो, ‘अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै बस खरिद र सञ्चालन प्रक्रिया अघि बढाउने छ ।’
यस्ता छन् मन्त्रिपरिषद्का ३२ निर्णय
प्रतिक्रिया दिनुहोस्