जनता टाइम्स

१२ माघ २०७६, आईतवार १६:१२

अग्नि सापकोटा सभामुख निर्वाचित


काठमाडौं, माघ १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सभामुखका उम्मेदवार अग्नि सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखको उम्मेदवारमा सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

सापकोटा निर्वाचित हुनुभएसँगै प्रतिनिधिसभाले चार महिनापछि सभामुख पाएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४, कुविण्डे गाउँ निवासी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन थियो ।