पार्टीको निर्देश अनुसार सरकारले काम गर्नुपर्दछ । सरकारले गरेका कामलाई पार्टीले साथ, सहयोग र समर्थन गर्नुपर्दछ । तल्ला कमिटि र तल्ला निकायहरुको सम्बन्धमा पनि प्रदेश सरकार र प्रदेश कमिटिले प्रदेश सरकारलाई त्यसैगरी निर्देश गर्नुपर्दछ । प्रदेश सरकारले प्रदेश कमिटिका निर्देशहरु कार्यन्वयन गर्नुपर्छ । प्रदेश कमिटिले सहि ढंगले परिस्थितिको विश्लेषण गरेर प्रदेश सरकारलाई निर्देशित गर्ने र त्यस्तै स्थानीय निकायलाई निर्देशन गर्ने काम पनि गर्नुपर्दछ ।
हामीले पाँच दिनमा बहुतै राम्ररी बैठक संचालन गरेका छौं । देश र जनताको अपेक्षा अनुसार पार्टी एकजुट, एकढिक्का छ भनेर अगाडी बढेको छ । दुखको कुरा हो केही सञ्चारमाध्यमले हामीलाई यताको भाग र उताको भाग भनेर अत्यन्त अपमान गरेका छन् । हामी यसको गोठभित्र, त्यसको कटेरो भित्र, त्यसको झुण्डभित्र परेका मान्छे होइनौं । हामी हरेक ‘इन्डिपेन्डेड’ नेताहरु हौं । तर, हामीलाई आ–आफ्ना स्वार्थमा मान्छेले यता र उता भनेर अफहवाबाजी गरे । विभिन्न मान्छेका टाउका टाउका राखेर यताका भागमा यति, उताका भागमा यति टाउका भनेर अंशबण्डा शुरु गरे । हामी देश निर्माणका लागि हिडेको एउटा पार्टी हो । एउटा नेतृत्वको झुण्ड हो । त्यस कारण यहा यताको भागमा उताको भागमा होइन् ।
मान्छेका भागमा यतिवटा टाउको, मस्तिष्क छन् । कहिले विचार आउछ, फरक पर्दछ, छलफल हुन्छ, छलफलबाट निष्कर्ष निस्किन्छ, बेग्लै कुरा हो । छलफल हुने वित्तिकै, विचारहरु आउने वित्तिकै मान्छे भाग लगाउने, भाग लगाएर अपमानित गर्ने, फलानो मान्छे ‘इन्डिपेन्डेड’ आफै होइन्, फलानाको भागको, यस्तो भागमा पर्ने यी खालका कुराहरु अनुचित कुरा हुन् । हामीलाई त्यसरी चित्रण गर्नु अत्यन्त गलत कुरा हो ।
त्यो हामीले बुझेका छौं, हाम्रो पार्टी, केन्द्रीय कमिटिले बुझेको छ । हाम्रो पार्टीपंत्ति, देशले बुझेको छ । त्यसै कारण आज नेकपा छ । नेकपा यसरुपमा छ, नेकपा एकताबद्ध छ, सुदृढ छ र यो एकताबद्ध रहन्छ । कसैले यसलाई कुनैपनि हिसाबले तलमाथी गर्न सक्दैन । यो एकता हामीले गरेको एकछिन वा दुई छिनका लागि वा घामछायाका लागि होइन् । खास उदेश्यप्रति समर्पितका लागि हामीले गरेको एकता हो । यो एकता अगाडी बढ्छ अगाडी बढेको छ । म सबैलाई धेरैधेरै शुभकामना भन्छु ।
(केन्द्रीय कमिटि बैठकको समापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनको एक अंश)
प्रतिक्रिया दिनुहोस्