अछाम, माघ २१
अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेका छन् । शाहीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाहीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ ।
“गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।”
स्थानीय तहको निर्वाचनमा धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्