काठमाडौं, माघ २२
नेपालले घरेलु मैदानमा ओमानसँग राम्रो शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक श्रृखलाको पहिलोमा नेपालले ओमानविरुद्ध बलिङ गरिरहेको छ ।
शुरुवाति २० ओभरको खेल सकिदा नेपालले ५ विकेट लिन सफल भएको छ । कुवेतले २० ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको छ । नेपालका लागि करन केसीले शुरुवाति दुई महत्वपूर्ण विकेट लिदा डेब्यु गरेका सुसान भारीले पनि एकै ओभरमा दुई विकेट लिए । एक खेलाडी भने रन आउट हुन पुगे ।
केसीले खवार अलीलाई क्याच आउट गराएका थिए । अली ५ रन बनाएर आउट भए । करणले नै जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए । उनले जतिन्द्ररलाई बोल्ड आउट गराएका हुन् । भारीले भने कप्तान जेसिन मक्सुद र सुरज कुमारलाई १९ औं ओभरमा आउट गर्न सफल भए ।
ओमानका कप्तान मक्सुद २० रनमा एलबिडब्लु आउट भए भने नेपाली मुलका सुरज दोस्रो बलमै क्याच आउट भए । यसैगरी ओमानका अक्विब ल्यस रन आउट भएका हुन् । उनी अबिनाश बोहोराको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । नेपालले सिरिजमा पछिल्लो समय बलियो मानिएका टोलीहरु ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नै ओमानलाई हराएर प्रतियोगितामा राम्रो सुरुआत गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्