काठमाडौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको ललिता निवासले चर्चेको सरकारी जग्गा हडप्नेमाथि भएको कार्वाहीको बिरोधमा संसद अवरुद्ध गरेको छ ।
अख्तियारले बुधवार ललिता निवासको जग्गा हिनामिनामा संलग्न कांग्रेस संसदीय दलका उपनेता तथा पार्टी उपसभापति बिजयकुमार गच्छद्धारसहित १७५ जनाबिरुद्ध मुद्दा दायर गरेपछि कांग्रेस संस्थागत रुपमै सरकारीजग्गा भूमाफियाले हडप्न पाउनुपर्छ भन्ने निश्कर्षमा पुगेर आजको संसद बैठक अवरुद्ध गरेको हो । ललिता निवास प्रकरणमा आफ्ना नेता गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै कांग्रेसले संसद अवरोध गरेको हो । अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।
आज संसदको बैठक सुरु हुनासाथ समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताउनुभयो । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ,’ भुसालले भन्नुभयो । कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको उहाँको आरोप थियो ।
अख्तियारले शक्ति र सत्ताको आडमा बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्नेहरुबिरुद्ध ‘हाई प्रोफाइल’ विरुद्ध बुधवार मुद्दा दायर गरेको हो । जस्मा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता बिजयकुमार गच्छद्धारसहितका ‘हाई प्रोफाइल’ पात्रसहित १७५ जनालाई अभियुक्त बनाइएको छ ।
अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीलाई ललिता निवासको जग्गा हडप्नेमा दोषी किटान गरेको हो । कांग्रेसले संसद अवरुद्ध गरेसँगै सो पार्टी भ्रष्टाचारीलाई कार्वाही गर्न हुन्न भन्ने संस्थागत लाइनमा उभिन पुगी आफै नांगिएको छ ।
प्रतिक्रिया दिनुहोस्