जनता टाइम्स

२७ माघ २०७६, सोमबार २१:१३

विमानस्थलको कपि शपमा आगलागी


काठमाडौं, माघ २७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ ।

एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । आगलागीपछि यात्रुहरु तितरवितर हुँदा दोहा उड्‍नुपर्ने कतार एयरवेजको जाहज उड्‍न सकेको छैन ।