जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार १०:३२

लिफ्ट दिने बाहानामा राजधानीमै २७ वर्षिया महिला बलात्कृत !


ललितपुर, फागुन २४

ललितपुरको सातदोबाटोमा शुक्रबार विहान २७ वर्षीया महिला कार चालकबाट बलात्कृत भएको भन्दै प्रहरीकहाँ पुगेकी छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नीरिक्षक रमेश कुमार श्रेष्ठका अनुसार उनले अभिभावक साथ प्रहरीमा आए उजुरी दिएकी हुन् । श्रेष्ठका अनुसार उनी शुक्रबार बिहानै बौद्धबाट गाडी चढेर सातदोबाटो आर्लेकी थिइन् । त्यति नै बेला एकजना कार चालकले लिफ्ट दिने प्रस्ताव गरे ।

दिदीलाई बौद्धबाट भेटेर बागमती गाउँपालिकाको गिम्दीमा दाइ भेट्न हिँडेकी उनी सोही कारमा चढिन् । कार चाकलले गन्तब्यमा पुर्याइदिने बहानामा अपरिचित ठाउँमा लिएर गएको ती महिलाको भनाइ छ ।

नचिनेको ठाउँमा एउटा घरमा लगेर बलात्कार गरेको महिलाले आरोप लगाएकी हुन् । बलात्कार भएपछि दुईवटा बस चढेर सातदोबाटो आइपुगेको भए पनि कहाँ, कुन ठाउँ पुगेको उनले ठम्याउन नसकेको बताएकी छन् ।

उनी सामान्य गृहिणी रहेको प्रहरीले बताएको छ । बस चढेर आए पनि भाडा समेत नतिरेको उनले प्रहरी समक्ष जनाएकी थिइन् । श्रेष्ठका अनुसार उनी जुन ठाउँबाट कारमा चढिन् त्यहीँदेखि सिसिटिभी फुटेज हेरेर कार चालकको पहिचान गर्ने प्रयास भइरहेको छ । पीडित महिलाका अनुसार कार चालक अधबैशे उमेरका थिए ।