काठमाडौं, १० जेठ । यस वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा र तापक्रम हुने प्रक्षेपण सार्वजनिक भएसँगै खेतीपाती राम्रो हुने आशा बढेको छ । तर वर्षा र तापक्रम बढ्दैमा खेतीपाती राम्रो हुन्छ भन्ने नरहेको विज्ञहरूले बताएका छन् ।जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेती मनसुनी वर्षा जुन रूपमा हुनुपर्ने हो त्यही रूपमा भए कृषि प्रणालीलाई फाइदा पुग्ने भए पनि छोटो समयमा धेरै पानी पर्ने र लामो समय पानी रोकिने भएमा कृषिमा नकारात्मक असर पर्ने बताउनुहुन्छ ।
यस वर्ष औसत वर्षासँगै औसत तापक्रम पनि बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गी उत्पादन गर्ने उद्योगका रूपमा परिणत हुन सक्छन् ।
यसपालि उत्तरी क्षेत्र अर्थात् उच्च भूभागमा पनि औसतभन्दा धेरै पानी पर्ने र तापक्रम बढ्ने अनुमान छ । यसले माटो बगाएर ल्याउने, नदी थुनिने र फेरि फुट्ने, नदी थुनिँदा त्यसले ठूलो तालको रूप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने डा। उप्रेतीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्