रामेछाप, १० जेठ । नेपाल बार एसोसिएसन रामेछापमा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट अधिवक्ता यादव दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा रमेश कुमार घिमिरे, सचिवमा राजेशकुमार बुढाथोकी र कोषाध्यक्षमा ईश्वरीकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा रामहरि केसी र शम्भुकुमार उप्रेती निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।
प्रतिक्रिया दिनुहोस्