जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार १६:३०

अस्पतालको बेडबाटै प्रधानमन्त्रीको मोदीलाई जवाफ : कोरानाविरुद्ध लड्न एक होऔं


काठमाडौं, फागुन ३०

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्र एक हुनुपर्ने बताउनु भएको छ । सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उहाले एक जुट हुनुपर्ने बताउनु भएको हो ।

शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताउनु भएको छ । ‘कोरोना भाइरसविरूद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु । मेरो सरकार यो प्राणघातक रोगविरूद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ’, उहाले टिवटरमा भन्नुभएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो नै पठाउनु भएको थियो ।